सोमबार, भाद्र १ गते २०८३
images

पोखरा एभेन्जर्सद्वारा काठमाडौं नाइट्स पराजित


  • 1.9K
    SHARES
  • पौष १८, २०७९ सोमबार

    पौष १८, काठमाडौं– कीर्तिपुर स्थित त्रि वि क्रिकेट मैदानमा आज भएको खेलमा पोखरा एभेन्जर्सले काठमाडौं नाइट्सलाई पराजित गर्दै पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा विजयी भएको छ । एभेन्जर्सले काठमाडौं नाइट्सलाई पाँच विकेटले पराजित गरी विजयी भएको हो । काठमाडौंले दिएको एक सय ६५ रनको लक्ष्यलाई पोखरा एभेन्जर्सले १९ दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।

    पोखरा एभेन्जर्सलको जितमा सुमित महर्जनले सर्वाधिक ७६ रनको योगदान गरे । ५२ बल खेलका उनले तीन छक्का र सात चौका प्रहार गर्दै ७६ रनको जोडेका हुन्। त्यस्तै कप्तान उपुल थरङ्गाले ५८ रनको योगदान दिए । ४९ बलमा उनले एक छक्का र ५ चौकाको मद्दतमा ४९ रन बनाएका हुन्।

    कुशल मल्लले १४ रन, शासिफ शेखले ७ र सिद्धान्त लोहनीले ३ रन जोडे । टस हारेर पहिले व्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेट गुमाइ एक सय ६४ रन बनाएको थियो । काठमाडौंका लागि एलेक्स ब्लाकेले सर्वाधिक ६४ रनको दिएका थिए भने सुमन गौतमले ४५ रनको योगदान दिएका थिए भने विरन दीप सिंहले ३२ तथा रयान बुर्लले १० रन बनाएका थिए। 

    आठ खेलमा तीन जित तथा पाँच खेलमा हार बेहोरेको पोखरा ६ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा छ । ६ खेलमा तीनमा जित तथा तीन खेलमा हार बेहोरेको काठमाडौं ६ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा रहेको क्यानले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार