आइतबार, श्रावण ३१ गते २०८३
images

बिश्वकप एसिया छनोटको पहिलो खेल: नेपाल हङकङसँग पराजित।


  • 3.0K
    SHARES
  • मंसिर ६, २०७८ सोमबार

     युएइमा आजदेखी सुरु भएको टि-ट्वान्टी बिस्वकप एसिया छनौट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली महिला क्रिकेट टिम हङकङ को महिला टिमसङ ६ बिकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ बिकेटको क्षतिमा १०४ रन बनाएको थियो, नेपालका लागि सीता रानामगरले ५७ बलमा ४० रन, इन्दु बर्माले ३७ बलमा नटआउट ३१ रन बनाईन भने कबिता कुवर शून्य र काजल श्रेष्ठ ४ रन बनाएर आउट भईन! हङकङ का लागि चाङका माने र केरि चानले समान १/१ बिकेट लिएका थिए! प्रत्युत्तरमा १०५ रनको लक्ष हङकङले १८ ओभरमा ४ बिकेट गुमाउदै पूरा गरेको थियो। हङकङका लागि ओपनर मरिको हिलले उत्कृष्ट ब्याटिङ गर्दै ४२ बलमा नटआउट ४४ रन बनाईन भने केरि चानले १७ नतासा माईल्सले १६ र इमा लाईले नटआउट १३ रनको योगदान दिईन! वलिङतर्फ नेपालका कबिता कुवर, सीता रानामगर तथा सबनम राईले समान १/१ बिकेट लिएका थिए!
           प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल मङलबार दिउँसो ३:१५ मा भुटानसङ खेल्दैछ।  सन् २०२३ को फेब्रुअरी मा दक्षिण अफ्रिकामा हुने महिला बिस्वकप टि-ट्वान्टी को छनौट अन्तरगत नेपालले पहिले एसिया कप छनौट खेल्न लागेको हो।  प्रतियोगितामा नेपालसङै आयोजक युएई, भुटान , हङकङ , मलेसिया र कुवेत गरि ६ टिम सहभागी रहेका छन! उत्कृष्ट १ टिम आगामी बर्ष आयोजना हुने ग्लोबल छनौट प्रतियोगिताको लागि छनौट हुनेछ। 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार