मुलधारका राजनीतिक दल अनि तिनका कार्यकर्ताहरुलाई हिजोआज भ्याईनभ्याई छ। नेकपा माले, परिवार दल जस्ता साना दलहरुले चर्चाबिना नै महाधिवेशन सप्पन्न गरिसके। ठुलो रस्साकस्सीका बिच एमालेले आफ्नो दसौं महाधिवेशन हिजो सम्पन्न गर्यो। नेपाली काङ्ग्रेस जिल्ला तथा क्षेत्र अधिबेशन गरिरहेको छ। माओबादी केन्द्र पनि पालिका अधिबेशन बाट नयाँ नेतृत्व चयन प्रक्रियामा रहेको छ। यसबिचमा पुरानो राजाबादी पार्टी भनेर चिनिएको राप्रपाको केन्द्रिय एकता महाधिवेशन आज काठमाडौको भृकुटीमण्डपमा सुरु हुदैछ। ठुला पार्टीको महाधिवेशनले छायामा परेको राप्रपा महाधिवेशन नेतृत्वको दाबेदारितासङै बिस्तारै तातिदै गएको आभास हुन थालेको छ। राप्रपा को नयाँ नेतृत्व को लागि युवा नेता राजेन्द्र लिङ्देन र कमल थापा बिच प्रतिस्पर्धा हुने निश्चितप्राय भएको छ। करिब २० बर्ष राप्रपा हाकेका थापा र थापाको बलियो सारथि रहि अहिले थापाबिरुद्द अध्यक्षको उम्मेदवारी दिएका लिङ्देनबिचको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ। नेतृत्वका अर्का दाबेदार डा. प्रकाशचन्द्र लोहनीले राप्रपा अब युवाले चलाउनुपर्ने बताउदै लिङ्देनलाई समर्थन गरेका छन भने बयोबृद्द नेता पशुपतिशमशेर जबरा सर्बसम्मत नेतृत्वको पक्षमा उभिएका छन। देशभरबाट करिब करिब ४४०० प्रतिनिधि काठमाडौ आईसकेको महाधिवेशन प्रचारप्रसार संयोजक मोहन श्रेष्ठले बताए। महाधिवेशन ले १४७ केन्द्रिय सदस्य निर्वाचित गर्नेछ भने ५० केन्द्रिय सदस्य अध्यक्षले मनोनयन गर्ने प्राबधान राप्रपा बिधानमा रहेको छ।