सोमबार, भाद्र १ गते २०८३
images

प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित


  • 3.5K
    SHARES
  • पौष २२, २०७८ बिहीबार

    प्रधानमन्त्री शेरबहादुर देउवाको आउँदो आइतबारदेखि हुने भनिएको भारत भ्रमण रद्द भएको छ । कोभिड–१९ लाई कारण देखाउँदै बिहीबार भ्रमण रद्द गर्ने निर्णय गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।

     

    पाँचौँपटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पहिलोपटक भारत भ्रमणमा जान लागेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश गुजरातमा यही जनवरी १० तारिखदेखि हुने भनिएको १०औंँ ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा भारत जाने तय थियो ।

    बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पनि देउवासहितको २५ सदस्यीय टोली भारत पठाउने निर्णय गरेको थियो । देउवा यही पुस २५ गते त्यसतर्फ प्रस्थान गर्न लागेका थिए ।

    भारतले कोभिड–१९ को बढ्दो संक्रमणलाई कारण देखाउँदै चार दिनअगावै सम्मेलन दुई दिन पर सारेको छ । सोही कारण भारतबाट जानकारी आएपश्चात् प्रधानमन्त्री देउवाले भ्रमण स्थगन गरेका हुन् ।

    देउवाको यो भ्रमणलाई महत्त्वका साथ हेरिएको थियो । भ्रमणका दौरान समकक्षी नरेन्द्र मोदीसँग साइडलाइन वार्ता हुने जनाइएको थियो । यस्तै, भारतसँग जी–टु–जीको माध्यमबाट रासायनिक मल खरिद सम्झौतामा हस्ताक्षर गर्ने तयारी समेत भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार