सोमबार, भाद्र १ गते २०८३
images

स्त्री रोग सम्बन्धी उपचार दूरबिन बाट नेपालमानै संभव छ । स्त्री रोग विशेषज्ञ डा. लाइकाङ्गबम


  • 4.3K
    SHARES
  • फाल्गुण ९, २०७८ सोमबार

    काठमाडौं । नेपालमा दुरबिनको माध्यमबाट रोग पत्ता लगाउन सकिँदैन भन्ने कुरा मिथक र गलत बुझाइ रहेको डा. रंगीना लाइकाङ्गबमले बताएकी छिन् । नेपालमा ल्याप्रोस्कोपिक वा ठूला ट्यूमरहरू दुरिबिनको माध्यमबाट गर्न सकिँदैन भन्ने भ्रम समाजमा पैmलिएको उनले बताइन् । नेपाली समाजमा यस्तो भ्रम पैmलिएर उपचारका लागि विदेशिनेक्रम बढेको डा. लाइकाङ्गबमले उल्लेख गरिन् । स्त्री रोग सम्बन्धि उपचार अन्र्तष्ट्रियस्तरको सेवा नेपालका हरेक अस्तपालले दिएको भए महङ्गो खर्च गरेर विदेश जानुभन्दा नेपालमै सस्तो उपचार हुन्छ जनचेतना फैलाउनुपर्नेमा उनले जोड दिएकी छिन् । उनका अनुसार स्त्री रोगको उपचार दूरबिन बाट नेपालमानै संभव छ । डा. लाइकाङ्गबमले नेपालमा उपचार कति सम्भव छ भनेर थाहै नपाई नेपालीहरु उपचारको लागि विदेश जाने गरेको बताइन् । दुरबिन सर्जरी भन्दा ओपन सर्जरी राम्रो हुने भनेर गलत हल्ला फैलिएकोमा उनले दुखेसो पोखिन् । दुरबिन शल्यक्रिया राम्रो हो र सबै टयुमर दुरबिन मार्फत हटाउन सकिने उनले बताइन् । शल्यक्रिया गर्दा कहिलेकाहीँ टुक्राहरू छोडिन्छन् भन्ने गलत जानकारीहरू समाज मा फैलिने गरेकोले समस्या हुने उनले बताइन् । डा. लाइकाङ्गबमले नेपालमा ल्याप्रोस्कोपिक वा ठूला ट्यूमरहरू दुरिबिनको माध्यमबाट हेर्न सकिँदैन भनेर नेपाली समाजमा भ्रम फैलिएको बताएकीछिन् । डा. लाइकाङ्गबमका अनुसार दुरबिन शल्यक्रिया राम्रो हो र सबै टयुमर दुरबिन मार्फत हटाउन सकिँदैन भन्ने भ्रम फैलिएको छ । आफु स्त्रीरोग विशेषज्ञ भएको नाताले सम्पूर्ण नेपाली महिला यस प्रति सचेत रहन आग्रह गरेकी छिन् ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार