बजारमा कुनै हल्ला बिना नै एक्कासी बिहिबार एक कार्यक्रमका माझ गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष विवेक दुगड, युनियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुलभ अग्रवाल र प्राईम लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष पियुषराज अर्यालले आपसमा मर्जरमा जाने सम्झौता (एमओयु) मा हस्ताक्षर गरेर एकाएक चर्चामा आए । हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ ,गुराँस लाइफको २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ र यूनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । स्वाप रेसियो डिडिए मुल्यांकन पछि तय हुने जनाइएको छ । मर्जर पछी बन्ने कम्पनीको चुक्ता पुजी ७ अर्ब ७३ करोड ३८ लाख ५६ हजार हुने छ ।
यि तीनको मर्जर पछि नयाँ कम्पनी बन्ने सम्झौतामा उल्लेख छ। नेपालमै पहिलो पटक जीवन बिमा कम्पनी मर्जरमा जान लागेका हुन्। हाल नेपालमा १९ जीवन बिमा कम्पनीहरु छन । विश्वको दोस्रो ठुलो जनसंख्या रहेको हाम्रो भन्दा कयौ गुणा ठुलो अर्थतन्त्र भएको भारतमा मात्र २४ जीवन बिमा कम्पनीहरु रहेका छन तर हाम्रो जस्तो सानो अर्थतन्त्र भएको रेमिटेन्सले मात्र धानेको राष्ट्रमा १९ वटा बिमा कम्पनी हुनु भनेको बालुवामा पानी हाल्नु जस्तै देखिएको छ । यही यथार्थबाट शकर ग्रुपका भाईस चेयरमेन सुलभ अग्रवाल, एमभी दुगड ग्रुपका भाईस चेयरमेन विवेक दुगड र प्राईम लाईफ इन्सुरेन्सका चेयरमेन रहेका यि तीन युवाहरुले मर्जरमा लगेर नयाँ उदेश्यका साथ नयाँ कम्पनीलाई नयाँ उचाइमा पुर्याउने योजना बनाएको देखिन्छ। यो मर्जरले अरु जीवन तथा निर्जीवन बिमा कम्पनीहरुलाई पनि मर्जरमा जान वाध्य या बाटो देखाउने छ भन्न सकिन्छ ।