फाल्गुन १, काठमाडौं - यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा भोलि मंगलवार सम्पूर्ण सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरेका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा आज विज्ञप्ती जारी गर्दै भोली मंगलबार सार्वजनिक यातायातका सेवा बन्दगर्ने घोषणा गरेका हुन ।
संघले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा गत माघ १७ गते बुझाएको १० बुँदे मागहरु पूरा नभएकोले उपत्यकाका सम्पूर्ण सवारीसाधनहरु फागुन २ गते बन्द गर्ने र ३ गतेबाट देशब्यापीरुपमा बन्दगर्ने मजदुर संगठनद्वारा जारी विज्ञप्तीमा उल्लेख गरेका छन । उनिहरुले सरकारले संघसँग गरेको सहमति पालना नगरेको आरोप उनिहरुले लगाएका छन भने माग पुरा नभएसम्म आन्दोलनका फिर्ता नलिने जनाएका छन्। 
