पुष १३, दाङ - नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको संयोजनमा उद्योग वाणिज्य संघका पदाधिकारीहरुले घोराहीमा प्रदर्शन गरेका हुन । प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्र बैक, नेपाल उद्योग वाणिज्य महासंघमा ज्ञापन पत्र वुझाएका छन ।
नेपाल राष्ट्र बैंकको निर्देशनमा वित्तिय संस्थाहरुले यही कार्तिक १ गते देखि लागु हुने गरि जारी गरेको चालु पुजी कर्जा मार्गदर्शन २०७९ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विगतमा वित्तिय संस्थाहरुले तरलता पर्याप्त हुदा चाहिने भन्दा बढी ऋण दिएको अहिले आर्थिक मन्दिको अवस्थामा एक्कासी नेपाल राष्ट्र बैंकद्धारा कडाइका साथ जारी चालु पँजी कर्जा २०७९ जारी भएबाट उद्योगी व्यवसायहिरु समस्यामा परेको उल्ल्लेख गरिएको छ ।
वित्तिय सस्थाहरुले प्रिमियम बढाइएको कारण व्याजदरमा एक्कासी बृद्धि भई ब्याज १५ प्रतिशत भन्दा माथि गएकोले २०७९ खारेज गरी आर्थिक मन्दि सहज नहुँदा सम्म पुरानै अवस्था कायम गरी उद्योग व्यवसाय सञ्चालनमा सहजता गरि दिन समेत माग गरिएको छ । भेलाले पुस १५ गते देखि आन्दोलनका कार्य सुरु गर्ने बताएको छ । हस्ताक्षर सकलन, विरोध प्रदर्शन, काठमाडौं नै गएर राष्ट्र बैक घेर्ने लगाएतका कार्यक्रम गरिने बताइएको छ ।