पौष १७, पोखरा- पोखराबासीको सपना आजबाट पुरा हुँदैछ । पोखरेलीहरुको पाँच दशकअघि देखी देखेको अन्तर्राष्ट्रिय विमानस्थलको सपना पुरा भएको हो । मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपरान्ह उद्घाटन गर्दै हुनुहुन्छ । उद्घाटनका दिन हिमालय एयरलाइन्सले ‘डेमो’ उडान गर्ने जनाय पनि अन्तर्राष्ट्रिय उडान भने फागुन दोस्रो सातापछि मात्रै खुल्नेछ ।
चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीले ११ अगष्ट २०१७देखि विमानस्थल निर्माण सुरु गरेको थियो । विमानस्थलको व्यवस्थापनको सम्पूर्ण कार्य सम्पन्न भई सकेकोले उडान सुचारु गर्न लागेको विमानस्थल श्रोतले जनाएको हो । ग्राउण्ड ह्यान्डलिङको कार्य गत बर्ष हिमालयन एयरलाइन्सलाई दिएता पनि यो बर्ष नविकरण नगरि नेपाल एयरलाइन्सलाई नै जिम्मा दीइएको छ । नेपाल एयर्लाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पनि जिम्मेवारी बहन गरी रहेको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि २०३२ मा जग्गा मुआब्जा दिई अधिग्रहण गरिएको थियो । उक्त विमानस्थल ३ हजार ८ सय ९९ रोपनीमा निर्माण भएको छ । विमानस्थल शुरु भएको खुशीयालिमा आज पोखरा उपनगरपालिकाले बिदा घोषणा गरेको छ भने बिभिन्न कायक्रमको आयोजना गर्ने जनाएको छ । बिमानस्थल सन्चालन पस्चात पर्यटन क्षेत्र को सुधार हुने अपेक्ष्या पनि गरिएको छ ।