सोमबार, भाद्र १ गते २०८३
images

नेपालको आन्तरिक उडान इतिहासमै सबैभन्दा ठूलो दुर्घटना


  • 2.3K
    SHARES
  • माघ १, २०७९ आइतबार

    विगत १५ बर्ष देखी उडान भरीरहेको यती एयरलाइन्सको बिमान आज बिहान ११ बज्नै लाग्दा पोखरा-७ घारीपाटनमा जहाज दुर्घटना भएको थियो । चालकदलका ४ सहित ६८ जनाको मृत्‍यु भएको छ । पोखरामा आज भएको विमान दुर्घटना नेपाली आकाशमा भएको १०४ औँ हवाई दुर्घटना हो ।  आन्तरिक उडानतर्फ भने यो ५० औँ दुर्घटना हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक उडानमा यति धेरै मानवीय क्षति भएको यो पहिलो र इतिहासमै सबैभन्दा ठूलो दुर्घटना हो । yati clear.jpg

    कास्कीका प्रहरी प्रमुख एस पि अजय केसीका अनुसार अहिलेसम्म ६९ जनाको शव फेला पारी सकेको छ भने आजलाई खोजी कार्य स्थगन गरिएको छ । भोली बिहानबाट खोजी कार्य गरिने जनाएको छ । सरकारले भोली सोमबार शोक मनाउन सार्वजनिक बिदा दिएको छ भने यती एयरलाइन्सले पनि भोलिको सम्पूर्ण उडानहरु रद्ध गरेको जनाएको छ । yati crash 2.jpg

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार