माघ १९, काठमाण्डौ - सुनको मुल्यमा आजसम्मकै रेकर्ड तोडिएको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ १ लाख ७ हजार ५०० रुपैयाँ तोकिएको जनाएका छन । गत माघ १२ गते मात्र तोलाको १ लाख ६ हजार ९०० रुपैयाँमा कारोवार भएको थियो ।
सुनसंगै चादीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चादीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ । चादीको मूल्य हिजो १ हजार ३७० रुपैयाँ रहेको थियो ।