बुधबार, भाद्र ३ गते २०८३
images

परमादेशको सरकारले डेढ वर्ष अर्थतन्त्रमा ग्रहण लगायो: एमाले अध्यक्ष्य ओली


  • 1.3K
    SHARES
  • माघ १९, २०७९ बिहीबार

    माघ १९, बिराटनगर - नेकपा एमाले अध्यक्ष्य ओलीले अहिलेको आर्थिक अवस्था उत्पन्न हुनुमा शेरबहादुर देउवा नेतृत्वको सरकार जिम्मेवार रहेको आरोप नेपाल उद्योग परिसंघ विराटनगरमा आयोजित कोसी एक्स्पो २०२३ मा लगाएका हुन । उनले सबैभन्दा प्रतापी सूर्यमा ग्रहण लागेझैं परमादेशको सरकारले डेढ वर्षसम्म अर्थतन्त्रमा ग्रहण लगाएकाले व्यवसायीले आत्महत्या गरिरहेको धारणा ब्यक्त गरेका छन्।

    ‘डेढ वर्षसम्म एउटा नालायक सरकार बन्यो, त्यसले अर्थतन्त्रलाई ध्वस्त बनायो’, व्यवसायीलाई सम्बोधन गर्दै ओलीले भने, ‘नयाँ सरकारले राम्ररी सम्हाल्न थालेको देखिएको छ। कहिलेकाहीँ दुरदिन आउँछन्, त्यसको सामना गर्नुपर्छ। हामीले पनि डेढ वर्ष तपस्या गर्‍यौं , अब केही महिना धैर्य गर्ने हो भने राम्रा दिन अवश्य आउनेछन्।’

    अध्यक्ष्य ओलीले व्यवसायीलाई संकटबाट भागेर आत्महत्याको बाटो नरोज्न र आत्महत्याको कुरा नसोच्न पनि आग्रह गरे। उनले ब्यवसाय घाटामा गएपछि र आयभन्दा बढी खर्च भएपछि घर र व्यवसाय डुब्ने र ऋण थपिने चर्चा गर्दै परमादेशको सरकारले हामीलाई त्यहीँ पुर्‍याउन खोजेको थियो जिकिर गरे।

    उनले प्रदेश १ का उद्यमी–व्यवसायीको डेलिगेसन लिएर आउन आग्रह गर्दै डेलिगेसनमा सम्बन्धित मन्त्रीलाई पनि राखेर कुन काम कति दिनमा गर्न सकिन्छ भन्ने उत्तर दिन लगाउने आश्वासन पनि दिन भ्याए । भारतको जोगबनीदेखि चिनको किमाथांका सम्म सडक जोडेरै छाड्ने बताएका छन । म्रा हाम्रा उत्पादनहरु जती भएपनी चिनमा निर्यात गर्न सकिने बताएका छन ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार