शनिबार, श्रावण ३० गते २०८३
images

रोमानिया, स्लोभाकिया पठाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ


  • 1.3K
    SHARES
  • माघ २२, २०७९ आइतबार

    माघ २२, काठमाण्डौं - रोमानिया, स्लोभाकिया लगायत बिभिन्न देशहरू पठाइदिन्छु भन्दै नगद ३१ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खोटाङको खोटेहाङ गाउँपालिका-९ घर भई काठमाडौं टोखा नगरपालिका-१० बस्ने ४० वर्षीय हरि बस्नेत र प्युठान गौमुख नगरपालिका-७ घर भई काठमाण्डौं तारकेश्वर नगरपालिका-११ शेषमती बस्ने ४२ वर्षीय हेमलाल पुन मगर  रहेका छन् । 

    काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित ग्लोबल भिलेज सोर्स प्रालिका सञ्चालकहरूले विभिन्न ९ जना व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि रोमानिया, स्लोभाकिया तथा अरबियन मुलुकहरूमा प्रतिष्ठित कृषि फार्म तथा फलफुल प्याकिङ लगायतको काम लगादिने भन्दै प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाण्डौं उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले तारकेश्वर नगरपालिकाको शेषमतीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि उनीहरूलाई वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको नेपाल प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार