बुधबार, भाद्र ३ गते २०८३
images

अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएर सुजल श्रेष्ठ अस्ट्रेलिया जादै


  • 2.4K
    SHARES
  • चैत्र ९, २०७९ बिहीबार

    चैत्र ९, काठमाण्डौं - नेपाली राष्ट्रिय फुटबल टिमका फुटबलर सुजल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। उनले आफ्नो फेसबूक पेजमार्फत सन्यास लिएको जनाएका हुन। उनले सामाजिक संजालमा पोष्ट जस्ताको तस्तै:

    "मेरा सम्पूर्ण सुभचिन्तक, समर्थक र नेपालीफुटबल प्रेमीहरु माझ मेरो न्यानो नमन 🙏🏻
    ११ वर्ष, ५१ खेल आफ्नो देशको झन्डा छातीमा बोकेर मैदानमा उत्रने अवशर पाउँदा निकै गर्विलो महसुस गरेको छु । केहि खुसिका पल त केहि दुखका, कतै उपाधि त कतै निराश क्षन लगायत यी सबै तिता मिठा सम्झनाहरु मनमा समेटी आज म राष्ट्रिय टोलि बाट आफ्नो सन्यास घोषणा गर्दछु । यति लामो समयसम्म राष्ट्रिय टोलिको जर्सी लगाउन पाउनु मेरो लागि ठूलो सम्मान थियो । मैले यो गर्व र जोशका साथ निर्वाह गरें । हाल राष्ट्रिय टोलिमा रहेका र अन्य भाईहरु धेरै क्षमतावान छन् । र म विस्वस्त छु कि भाईहरुले देशको झन्डा झुक्न दिने छैन । अब पालो नया पुस्ताको हो । 
    सबै प्रशंसक र समर्थकहरूलाई धन्यवाद जसले मलाई ताली र जयजयकारले साथ तथा हौसला दिए । साथै मलाई विस्वास गर्दै नियमित राष्ट्रीय टोलीमा स्थान दिदै यहाँ सम्म पुराउन मद्दत गर्नुहुने सम्पूर्ण प्रसिक्षकहरुलाई पनि हृदय देखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु ।   
    मलाई लाग्छ अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो मेरो लागि उपयुक्त समय हो l 
    जय नेपाली फुटबल"

    सामाजिक संजालका अनुसार सुजल आफ्नो उज्वल भविश्यको लागि अस्ट्रेलिया जादैछन। नेपाली खेल जीवनमा कुनै पनि खेलाडिहरुले आफ्नो आधारभुत आवश्यकताहरु पुरा गर्ननै धौ धौ पर्ने र सुखद भविष्य नेदेख्दा विदेश पलायन हुने र खेल खेल्न विदेशमा गएका बेला उतै लुक्ने गरेका उदाहरणहरु प्रसस्तै छन।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार