बिहीबार , कार्तिक २० गते २०८३
images

नवनियुक्त अर्थमन्त्री महत र गभर्नर विच भेट, होला त अर्थतन्त्रको सुधार?


  • 1.8K
    SHARES
  • चैत्र १७, २०७९ शुक्रबार

    चैत्र १७, काठमाण्डौं  पदबहालीलगत्तै नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीलाई निर्देशनसँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग अर्थ मन्त्रालयमा भेटवार्ता गर्नु भएको छ।

    हाल अर्थतन्त्रमा देखिएका समस्या सुधारका लागि मिलेर अगाडि बढ्न अर्थमन्त्रीले आग्रह गर्नुभएको बुझिएको छ। पछाडिका समयका अर्थमन्त्री र गभर्नरबीच सम्बन्धमा दरार उत्पन्न भई अर्थमन्त्रालय र राष्ट्र बैंक विच तालमेल हुन नसक्दाका समस्या झन गहिरिएको भन्दै जनमानसबाट आवाज उठेको थियो। त्यसैलाई मध्यनजर गर्दै नवनियुक्त अर्थमन्त्रीले गभर्नर अधिकारीसँग मिलेर अगाडि बढ्न सन्देश दिन खोजेको छर्लङ बुझिन्छ।   
      
    पत्रकारसँग प्रतिक्रिया दिँदै अर्थमन्त्रीले खर्च कटौती गर्ने दिशामा काम गर्दै अर्थतन्त्रलाई गति दिने गरी प्रभावकारी काम गर्ने प्रतिक्रिया दिनुभएको छ। राजस्वको आधार बढाउन सकेमा खर्च गर्ने क्षमता पनि बढाउन सकिने जनाउदै अर्थमन्त्रीले अन्तर्राष्ट्रिय लगानी भित्र्याउनका लागि उपयुक्त वातावरण निर्माण गर्ने बताउनु भयो।  

    अर्थमन्त्री महतले हाल संकटमा रहेको अर्थतन्त्र सुधारकालागी जस्तोसुकै कठोर निर्णय गर्न आफु पछी नपर्ने बताउनु भएको छ। वहाँले भन्नुभयो ‘राजस्वले साधारण खर्च पनि पुगेको छैन। साधारण खर्च धेरै छ। यसमा निर्मम हुनै पर्छ। हामी अनिवार्यबाहेकका खर्च कटौती गर्नेछौँ।’

    पुँजीगत खर्च बढ्न नसक्दा बजारमा माग घटेको, बजारमा बढेको महँगीले जनता मारमा परेको साथै देशको अर्थतन्त्र रेमिट्यान्समा आधारित रहेको र जनशक्ती विदेशमा पलायन हुँदा अर्थतन्त्र झन खराब हुने हुन्छ यावत अवस्थालाई रोक्ने गरी निर्णय गर्ने बताउनु भयो।


    सरकारले यि नकारात्मक वातावरणलाई अन्त्य गर्दै बैंकको ब्याजदर सन्तुलित बनाउदै सेयर बजार, उद्योगी–व्यवसायी सबैको निराशालाई आशामा परीणत गर्नका लागि राष्ट्र बैंकसँग समन्वयन गरी अर्थ मन्त्रालयले सक्रियताको साथ काम गर्ने बताउनु भयो।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार