बिहीबार , कार्तिक २० गते २०८३
images

भारतबाट पेट्रोलियम पदार्थको मुल्य घटेर आयो


  • 1.3K
    SHARES
  • चैत्र १८, २०७९ शनिबार

    चैत्र १८, काठमाण्डौं - आईओसीले पेट्रोल १ रुपैयाँ ७४ पैसा र डिजेलमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटाएर एनओसीलाई मुल्य सुची पठाएको छ। आइओसीले १५/१५ दिनमा पठाउने नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हो।

    यसअघि पेट्रोल, डिजल र हवाई इन्धनमा निगमलाई नाफा नै छ भने ग्यासमा भने घाटा रहेको निगमको भनाई रहेको छ। अघिल्लो पटक एल पि जि ग्याँस ३३८ रुपैयाँ बढेर आएकाले घटेर आएको पेट्रोल र डिजेलको मुल्य भने समायोजन गरिएको थिएन। हाल पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजलको १७५ रुपैयाँ छ। निगमले पछिल्लो १५ दिनमा करीव ६० करोड नाफा आर्जन गरेको छ। 

    हाल इन्डियन आयल कार्पोरेसनले पठाएको नयाँ सूचीअनुसार निगमले मुल्यमा समायोजन गरेन भने पेट्रोलमा लिटरको करिब १० रुपैयाँ र डिजलमा २२ रुपैयाँ नाफा हुने छ। हाल नेपाल आयल निगमको करीव  १२ अर्ब अर्व रुपैयाँ बक्यौता छ। निगमले पछिल्लो आफ्नो नाफाबाट आईओसीलाई तिर्नुपर्ने बक्यौता घटाउदै लगेको छ। आज बिदा रहेकोले मुल्य समायोजन हुने नहुने भोली टुङ्गो हुने छ। 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार