बुधबार, भाद्र ३ गते २०८३
images

राजस्व चुहावट नियन्त्रण गर्नुस्: अर्थमन्त्री


  • 1.3K
    SHARES
  • चैत्र २०, २०७९ सोमबार

    चैत्र २०, काठमाण्डौं - अर्थमन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिलाई सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि रोक्न र राजश्व चुहावट नियन्त्रण गर्न निर्देशन दिएका छन्। अर्थमन्त्री महतले राजस्व चुहावट कसरी नियन्त्रण गरी रोक्न सकिन्छ भन्ने बिषयमा छलफल गरी समितिलाई राजस्व चुहावट रोक्न निर्देशन दिनु भएको हो। 

    वहाँले राजस्व संकलन चुनौतीपूर्ण घडीमा रहेको जनाउदै सबैले आ-आफनो क्षेत्रबाट जिम्मेवारी अनुरुप इमान्दारीतापूर्वक काम सम्पादन गर्न निर्देशन दिनुभएको छ। राजस्व संकलनमा देखिएको समस्यालाई पुरा गर्न, चुहावट नियन्त्रणका लागि सबै क्षेत्रबाट समन्वयात्मक तरिकाले प्रयास गर्न निर्देशन दिनु भएको हो। 

    वहाँले अर्थ मन्त्रालय साथै सुरक्षा निकायहरुकाबीचमा प्रभावकारी ढंगबाट समन्वय गर्दै स्थानीय संयन्त्रलाई सक्रिय बनाउदै राजस्व परिचालनलाई प्रभावकारी बनाउन भन्नुभएको हो। राजनैतिक नेतृत्वबाट आवश्यक पर्ने सबै प्रकारका सहयोगहौ उपलब्ध गराउने प्रतिबद्धता पनि गर्नु भएको छ।

    राजस्व चुहावट नियन्त्रण समितिमा गृहमन्त्री, गृहसचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक सदस्य हुने व्यवस्था छ। बैठकमा उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि उपस्थित रहनु भएको थियो।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार