माघ १४, काठमाडौँ — डेभिड मेमन संस्थापक रहेको अमेरिकी कम्पनी जेटप्याक एभिएसनले 'स्पीडर' नामक उड्ने मोटरसाइकलको बुकिङ शुरू गरेको जनाएको छ । करीब नौ करोड रुपैयाँ नेपाली मूल्य राखिएको यो मोटरसाइकल प्रतिघण्टा ९६ किलोमिटरको गतिमा २७२ किलो वजन सहित ३० मिनेट सम्मको उडान भर्न सक्नेछ । जेटप्याक स्पीडरको हालको पि वान प्रोटोटाइपमा एल्युमिनियमको चेसिस रहेको छ भने टर्बोजेट इन्जिन प्रयोग गरिएको छ । 
चार वटा पंखा रहेको यो मोटरसाइकल रिमोटबाट पनि चलाउन मिल्छ । यो उडने मोटरसाइकलको अन्तिम उत्पादन बजारमा आउँदा पंखा आठ वटा हुने बताइएको छ । ड्रोनकै प्रविधिमा रहेको यो साधनको २०२२ को सेप्टेम्बरमा अमेरिकामा आयोजित अटो शोमा पहिलोपटक जापानी उत्पादकले प्रदर्शन गरी उडान भरेका थिए ।