मंगलबार, भाद्र २ गते २०८३
images

चमत्कारले अर्थतन्त्र चलायमान हुने होइन: अर्थमन्त्री


  • 1.6K
    SHARES
  • बैशाख १३, २०८० बुधबार

    बैशाख १३, काठमाण्डौं - आज बुधबार राष्ट्रिय सभामा पेस भएको वर्तमानमा राष्ट्रले भोगीर्हेको आर्थिक समस्याको विषयमा सार्वजनिक महत्वको प्रस्तावमा छलफल भएको थियो। उक्त प्रस्तावका बिषयमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. महतले अर्थतन्त्रमा देखिएका सबैखालका समस्याहरु र चुनौतीहरु सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्नुपर्ने साथै चमत्कारले आजै बोलेर अर्थतन्त्र चलायमन बनाउन नसकिने बताउनु भएको हो।

    वहाँले अर्थतन्त्रमा कसरी समस्या देखिएको हो, समस्याको पहिचान गरी समाधानका उपायको विषयमा अनुसन्धान गरी सबै पक्ष मिलेर सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नु भयो। मुलुकको अर्थतन्त्रलाई गतिदिनको लागि सत्तापक्ष र विपक्ष मिलेर साझा दृष्टिकोण बनाएर अघी बढ्नु पर्ने विषयमा सबै सहमत हुनेमा वहाँको विश्वासिलो भनाइ थियो।

    सदनमा भने जस्तो अर्थतन्त्र डरलाग्दो अवस्थामा नरहेको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल सरकार अर्थतन्त्र सुधार उन्मुख गराउन सक्ने अवस्था मै रहेको जिकिर गर्नु भएको थियो। अर्थतन्त्रमा हाल देखिएका चुनौती समाधान गर्न ठोस प्रतिवद्धता सरकारसँग रहेको जनाउदै यस्का सुधारका लागि सबैले धैर्य गर्नुपर्ने र सरकारले इमान्दारि भएर क्षमता र योग्यताका साथ काम गरिरहेको बताउनु भयो।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार