आइतबार, श्रावण ३१ गते २०८३
images

कामदारकोरुपमा श्रम स्वीकृति लिएर विदेश गएका नेपालीले दुई वटा मोबाइल ल्याउन पाउने


  • 1.6K
    SHARES
  • बैशाख २६, २०८० मंगलबार

    बैशाख २६, काठमाण्डौं - अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रस्तावमा झिटीगुन्टा सम्वन्धि व्यवस्था संशोधन गरी वैदेशिक रोजगारीबाट फर्किने नेपालीले दुई वटा मोबाइल ल्याउन सक्ने निर्णय पास गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो। अब विदेशमा काम गरी फर्कने कामदारले दुई वटा मोबाइल भन्सार नतिरी ल्याउन पाउने छन।
     
    आजको नयाँ व्यवस्था अनुसार श्रम स्वीकृति लिएर विदेशमा काममा गएर कम्तीमा ६ महिना काम गरी फर्किएका ब्याक्तीले मात्र दुई वटा मोबाइल ल्याउन पाउनेछन्। २०७७ साल जेठ १५ गते राजपत्रमा प्रकाशित भएको आधारमा भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा(३) अनुसार डेस्कटप कम्प्युटर वा ल्यापटप, ट्याप, घडी, क्यामरा, भिडियो क्यामरा र प्रयोग गरिरहेको मोबाइल फोन एक थान मात्र ल्याउन पाउने व्यवस्था सरकारले गरेको थियो।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार