आइतबार, श्रावण ३१ गते २०८३
images

प्रधानमन्त्री दाहालको भारत भ्रमण: रेलवे सेवाको उदघाटन


  • 1.3K
    SHARES
  • जेठ १९, २०८० शुक्रबार

    जेष्ठ १९, काठमाण्डौं - नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिद्वयले भारतको बथनाहबाट नेपालस्थित विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन गर्नुभएको छ। दिल्लीस्थित हैदराहाउसबाट हरियो झन्डा देखाउदै कार्गो रेल सेवाको उद्घाटन गर्नु भएको हो।

    भारतको दिल्लीमा प्रधानमन्त्रीद्वयले हरियो झण्डाले रेलवे सेवा उद्घाटन गर्दै गर्दा भारतको बथनाहबाट छुटेको रेल बिराटनगरको आइसिपीको कस्टम यार्डमा नेपाली र भारतिय अधिकारीहरुले स्वागत गरेका थिए।

    भारत तथा विभिन्न मुलुकहरूबाट नेपाल भित्रने सामानहरु बथनाहमा अनलोड गरि पुन नेपाल ल्याईपुर्याउदा ३० प्रतिशत धुवानी महँगो भएको ब्यापारीहरुको गुनासो थियो। नेपालभित्र नै रेल सेवा आइपुग्दा बिचको ढुवानी खर्छ, समय र झन्झट समेत घट्ने एक ब्यवसायिले बताए। 

    तर ब्यावसायीको लागत खर्च जति नै घटेता पनि त्यो घटेको मूल्य बजारमा पुग्दासम्म प्रत्यक्ष या अप्रत्यक्ष रुपमा उपभोक्ताले भने अनुभव गर्नै पाउदैनन।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार