अषाढ १३, काठमाण्डौं - सरकारले आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट बहुमतले पारित गरेको छ। बजेटको व्यापक आलोचना भए पनि प्रतिनिधिसभा बैठकमा सत्तापक्ष नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले बजेटको पक्षमा र नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी र नेमकिपाले बजेटको विपक्षमा मतदान गरेका थिए। बजेटको पक्षमा १४७ र विपक्षमा १०८ मत परेको थियो।
निर्वाचन कार्यालयहरु जिल्ला प्रशासन कार्यालयमा गाभ्ने ब्यवस्था बाहेक अन्य सबै विषयहरु हुबहु पारित भएको छ। एमालेका सचेतक महेश बर्तौलाले बजेटको विपक्षमा रहेको दावी गरेपछि बजेट पारित गर्न मतदान प्रक्रियामा लगिएको थियो।
प्रतिनिधीसभा तथा विभिन्न कार्यक्रमहरुमा नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरुले यथास्थितिमा बजेट पास गर्नै दिदैनौ बरु पार्टी तथा सरकारबाट बाहिरिन परे पनि बाहिरिन तयार छौ भन्ने नेताहरु आज संसदमा मौन बसि पक्षमा मतदान गरेका छन।