आइतबार, श्रावण ३१ गते २०८३
images

मुग्लिङ - नारायणघाट सडक पुन: अवरुद्ध, छैन दीर्घकालीन सामाधान


  • 2.3K
    SHARES
  • आषाढ १६, २०८० शनिबार

    असार १६, काठमाण्डौं - अविरल बर्षाका कारण नारायणघाट मुग्लिन सडक पुन: अवरुद्ध भएको छ। चितवन जिल्लाको इच्छाकामना गाउँपालिका-५ स्थित तुइनखोला नजिक पुन: पहिरो खसेपछी सवारी आवतजावत पुर्णरुपमा अवरुद्ध बनेको हो।

    आज विहान करिव साढे एघार बजे पहिरो झरेपछी सडक अवरुद्ध भएको हो। सोही स्थानमा गएराती खसेको पहिरो सडक विभागले पन्छाए पश्चात् सडक सुचारु भएको थियो भने पुन: पहिरो खसे पछि सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध हुदा हजारौ यात्रुहरु मर्कामा परेका छ्न। सडक कतिबेला सुचारु हुन्छ केही भन्न सक्ने अवस्था छैन।

    ट्राफिक प्रहरीले जनाए अनुसार पहिरो पन्छाउने कार्य धमाधम भैरहेको छ। यो राजमार्ग बाट दैनिक करिव १० हजार सवारी आवतजावत गर्ने अनुमान गरिन्छ। सडक बन्द हुदा सवारी यात्रुहरुको बिचल्ली हुनेगरेको छ।

    सरकारले उक्त सडक बिस्तार गरेता पनि पहिरो रोकथामकालागी कुनै दिर्घकालिन योजना अघि सारेको पनि देखिदैन। प्रत्येक बर्षको बर्षायाममा मुग्लिन नारायणघाट सडकखण्ड पहिरोको कारण अवरुद्ध हुने गरेको छ। पटक पटकको पहिरोले आर्थिक भार हुने र जोखिम सहित यात्रुहरुले सास्ती ब्यहोर्नु पर्ने हुदा सरकारले यस तर्फ दीर्घकालिन समाधानको लागि ध्यान दिनुपर्ने देखिन्छ।

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार