असोज १६, काठमाण्डौं - अमेरिकी सहयोग परियोजना (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटको टोलीले आज विहान वालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेकी छन् । आइतबार साँझ अल्ब्राइटको टोली काठमाण्डौं आइपुगेको थियो।
आइतबार आइपुगेकी अल्ब्राइटले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग भने आइतबार नै भेटवार्ता गरिसकेकी छन। एमसीसी परियोजना कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिनापछि एमसीसी प्रमुखको टोली काठमाण्डौं आईपुगेको हो।
नेपाल सरकारको तर्फवाट २०७४ भदौ २९ गते एमसीसीसँग अमेरिकाको वासिङ्टन डीसीस्थित विदेश मन्त्रालयमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र एमसीसीका प्रमुख जोनाथन नासले सम्झौतामा हस्ताक्षर गरेका थिए। उक्त परियोजना अन्तर्गत नेपालमा बिद्धुत प्रसारण लाईन र सडक सम्बन्धि दुई आयोजना रहेका छन।