बिहीबार , कार्तिक २० गते २०८३
images

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १६ हजार

  • 2.2K
    SHARES
  • कार्तिक १०, २०८० शुक्रबार

    कार्तिक १०, काठमाण्डौं - दशै पछिको कारोवारमा सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ। आज शुक्रबार महासंघका अनुसार छापावाला सुन प्रती तोलाको मूल्य१ लाख १६ हजार रुपैयाँ कायम भएको छ।

    दशै अघि छापावाला सुनको मूल्य प्रती तोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो। दशै लगत्तैको बजारमा प्रती तोला ५०० रुपैयाँले बढेर १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको हो। तेजावी सुनको मूल्य भने तोलाको १ लाख १५ हजार ४ सय ५० रुपैयाँ तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार