शनिबार, श्रावण ३० गते २०८३
images

सिंहदरबारमा मन्त्रीपरिषदको आकस्मिक बैठक शुरु


  • 1.9K
    SHARES
  • कार्तिक १९, २०८० आइतबार

    कार्तिक १९, काठमाण्डौं - नेपालको पश्चिमी क्षेत्रमा गत शुक्रबार राती गएको भुकम्पपछि आज मन्त्रीपरिषदको आकस्मिक बैठक हुदैछ।

    भुकम्पमा परि धेरै जनधनको क्षती हुँदा प्रभावितहरुको उद्धार, राहत, र पुन:स्थापन लगायतका विषयमा छलफल गर्नका निम्ति बैठक भैरहेको छ।

    प्रधानमन्त्री दहालले प्रभावित क्षेत्रको निरीक्षण पश्चात् आज विहानै मन्त्रीपरिषदको बैठक डाकेको जनाईएको हो। हिजो शनिवार मात्र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले भुकम्प प्रभावित क्षेत्रमा उद्धारकालागी जिल्ला ब्यवस्थापन कोषमा पाँच करोडका दरले बजेट पठाउने निर्णय गरेको थियो।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार