काठमाडौं - यो आर्थिक बर्ष सरकारले बजेट खर्च गर्न नसक्ने भएको छ। बजेट खर्च गर्न मार्ग प्रसस्त हुदा पनि यस आर्थिक बर्षको बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको अनुमानित थियो तर सरकारले लिएको अनुमान अनुसारको राजस्व संकलन गर्न नसक्ने र अनुमानित बजेट पनि खर्च गर्न नसक्ने भए पछि सरकारले आफ्नो बचाउको लागि बजेटको आकार नै घटायो।
सरकारले यो चालू बर्ष १४ खर्ब २२ अर्ब राजस्व उठ्ने अनुमान गरेकोमा १२ खर्ब २ अर्ब मात्र उठ्ने अनुमान गरेको छ। अर्थमन्त्री प्रकासशरण महतले व्यवसायको प्रकृति परिवर्तन हुदा राजस्व लक्ष्य अनुरुप नउठेको पनि बताए। ६ महिनामा अपेक्षित बजेट खर्छ हुन नसके पनि अब भने सुधार उन्मुख रहने बताए।
यसबाट के स्पष्ट देखिन्छ भने सरकारले विकास खर्चमा भारी कटौती गर्ने छ। अर्थ मन्त्रालयले जनाए अनुसार चालू आर्थिक बर्ष हालसम्म जम्मा १६.७० प्रतिशत मात्र खर्छ भएको छ।
अर्थ मन्त्रीले बजेट कटौतीको सबै दोषजती राजस्वलाई थोपरेका छन। हाल सम्म रजस्व ५ खर्ब १५ अर्ब ३९ करोड ७६ लाख मात्र संकलन भएको देखिन्छ भने अबको ६ महिनामा राजस्वको घटाईएको लक्ष्य पुर्याउन पनि मुस्किल देखिन्छ।
सरकारले गरेको २०८०/८१ को अर्धबार्षिक बजेटको मुल्यांकन यसप्रकार छ..
बजेट-समिक्षा-_240212_163633.pdf :To download file click here