मंगलबार, भाद्र २ गते २०८३
images

ओली सरकारले पाँच बर्षमै देशको कायापलट गर्छ : भट्टराई

  • 7.9K
    SHARES
  • जेठ २५, २०७६ शनिबार

    गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराई लाई २ नं प्रदैशका लोपोन्मुख र अल्पसंख्यक जातिले वाराको कलैयामा आयोजित एक समारोहको  आयोजना गरि सम्मान गरेका छन् । नेपाल कुसवडिया संघको आयोजनामा सम्पन्न सो कार्यक्रममा राउटे तथा लोपोन्मुख जाति उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवि खड्कालाई पनि सम्मान गरिएको थियो ।

    २ नं प्रदेशका लोपोन्मूख जातिहरुको सूचिकरण र नेपाल सरकारको सामाजिक सुरक्षा कार्यक्रममा उनीहरुलाई समावेश गराउन सहजीकरण गरिदिए वापत उनीहरुले सो सम्मान प्राप्त गरेका हुन् । 

    समारोहमा वोल्दै पूर्व मन्त्री तथा नेकपा नेता पुरुषोत्तम पौडेलले  कम्युनिष्टहरु आफ्नो वर्गको हितमा अविचलित भएर लाग्नु पर्ने वताए । नेकपाको सरकार गरिब र पिछडिएको वर्गको वृहत्तर हितमा काम गर्नु पर्ने उनको भनाई थियो ।

    सम्मानित भट्टराईले पाँच वर्षसम्म कसैले हल्लाउन नसक्ने वर्तमान के पी  ओलीको सरकारले चाडै देशको आर्थिक र सामाजिक क्षेत्रमा कायापलट  गर्ने बताए ।

    कार्यक्रममा सम्मानित सत्यदेवी खड्का , संविधानसभा सदस्य रंजना सरकार कलैया उपमहानगरपालिकाका कार्यकारी अधिकृत हरिनारायण वेलवासे, नेपाल कुसबडिया संघका अध्यक्ष राजु कुसवडियाले आ(आफ्नो मन्तव्य राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार