मंगलबार, भाद्र २ गते २०८३
images

देशका लाखौं युवाको भविश्य नेकपाको सरकारले मात्र सुनिश्चित गर्न सक्छ : भट्टराई

  • 5.9K
    SHARES
  • मंसिर ३, २०७६ मंगलबार

    नेकपाका नेता निर्मल भट्टराईले देशका लाखौं युवाको भविश्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मात्र सुनिश्चित गर्न सक्ने बताएका छन् । भक्तपुर निर्वाचन क्षेत्र १ क को उप चुनावमा नेकपाका उम्मेद्वार देवी प्रसाद ढकाललाई जिताउन आयोजित चानपा ७ मा आयोजित वृहत् युवा विद्यार्थी भेलामा उनले सो कुरा बताएका हुन् । उनले भने -“देशको विकास र समृद्धिको लागि युवा विद्यार्थीको सकृय सहभागिता विना संभव छैन ।”

    पार्टी जिल्ला अध्यक्ष वचन देउजाले समाजका हर क्षेत्रमा कायापलट ल्याउन उप चुनावमा नेकपालाई विजय गराउनु पर्ने विचार व्यक्त गरे । कार्यक्रममा जिल्ला नेताहरु रजन के सी, राष्ट्र शम्सेर थापा , राजु अधिकारी, राधाकृष्ण लामिछाने , लक्ष्मण लामिछानेलगायतले युवा विद्यार्थीलाई चुनावी प्रशिक्षण दिएका थिए । भेलाले निरन्जन लामिछानेको संयोजकत्वमा १०१ सदश्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार