गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले बर्तमान सरकारले नेपालका सम्पूर्ण जेष्ठ नागरिकलाई छोरा छोरीले सरह सेवा गरिरहेको बताउनुभएको छ । अन्तराष्टिय आमा बुवा दिवशको अवशरमा मध्यपुर युथ क्लबले द्योमाँ जेष्ठ नागरिक आश्रमका जेष्ठ नागरिकलाई भोजन गराउने कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
सामाजिक सुरक्षाको क्षेत्रमा वर्तमान सरकारले उल्लेख्य काम गरिरहेको उहाँको कथन थियो । सोही कार्यक्रमा बोल्दै मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जेष्ठ नागरिक आश्रमका लागि चाहिने थप भौतिक पूर्वाधारको व्यवस्था गर्न नगरपालिका कटिबद्ध भएर लागिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष पुष्कर बुढाथोकी, क्लबका अध्यक्ष राजेन्द्र प्रजापति, अधिवक्ता शिवसुन्दर श्रेष्ठ लगायतले विश्व आमा वुवा दिवशको शुभकामना दिनुभएको थियो ।