सोमबार, भाद्र १ गते २०८३
images

एमसिसी सम्झौता संकटमा : नेकपाले बनायो अध्ययन कार्यदल

  • 5.5K
    SHARES
  • माघ २०, २०७६ सोमबार

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय समिति बैठकमा अधिकांश सदस्य अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी को विपक्षमा उभिएपछि त्यसबारे स्पष्ट पार्न तीन सदस्यीय कार्यदल गठन भएको छ। पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित समितिमा स्थायी कमिटी सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य छन्।

    खनाल र रावल दुवैजना एमसिसीको विपक्षमा छन्। पार्टीले कार्यदलको संयोजक खनाललाई बनाएपछि नेपालमा एमसिसी संकटमा परेको नेकपा नेताहरुले बताएका छन्। ‘वरिष्ठ नेता खनाल र रावल दुवै एमसिसीविरोधी हुन्। उनीहरुले दिने सुझाव सरकारको पक्षमा हुँदैन। त्यसकारण एमसिसी सम्झौता संकटमा पर्ने सम्भावना छ’, एक नेताले बैठकपछि भने।

    वरिष्ठ नेता खनालले एमसिसी नेपालको हितमा नरहेको र त्यसलाई जस्ताको तस्तै पारित गर्नुहुन्न भन्ने अभिव्यक्ति दिँदै आएका थिए। केन्द्रीय समिति बैठकमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलबाहेक सचिवालयका कुनै पनि नेताहरुले बोल्ने अवसर नपाए पनि आइतबार बिहान बसेको सचिवालय बैठकमा सबैजसो सचिवालय सदस्यले आफ्नो धारणा राखेका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार