मंगलबार, भाद्र २ गते २०८३
images

सत्ताको राजनीति उत्कर्षमा, जनताको स्वास्थ्य उपेक्षामा

  • 1.2K
    SHARES
  • आषाढ २१, २०७७ आइतबार

    स्वास्थ्य मन्त्रालयले गत १५ असारमा अबदेखि दैनिक १० देखि १५ हजारसम्म पिसिआर परीक्षण गर्ने घोषणा ग¥यो । दायरा बढाउन केही ठाउँमा पिसिआर मेसिन जडान गरिए, केही निजी प्रयोगशालालाई पनि परीक्षण अनुमति दिइयो । तर, परीक्षणका लागि चाहिने अत्यावश्यक किट ९भिटिएम, आरएनए एक्स्ट्र्याक्सन किट र पिसिआर रिएजेन्ट० भने पु¥याउन सकेको छैन । जसले गर्दा मन्त्रालयको घोषणाअनुसार परीक्षणको दायरा बढ्नुको सट्टा दिनदिनै साँघुरिँदै छ ।


    मन्त्रालयले घोषणा गरेअनुसार परीक्षण गरिए स्वाब संकलन गर्ने भिटिएम एक दिनलाई पुग्ने मात्रै छ । पिसिआर रिएजेन्ट र आरएनए एक्स्ट्र्याक्सन किट भने ११ दिनलाई पुग्ने छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भिटिएम केन्द्रमा चार हजार पाँच सय ९२ र सातवटै प्रदेशमा नौ हजार पाँच सय ६७ गरी जम्मा १४ हजार एक सय ५९ मात्रै छ । त्यस्तै, पिसिआर रिएजेन्ट केन्द्रमा ९२ हजार तीन सय २४ र प्रदेशहरूमा १३ हजार सात सय ९६ गरी एक लाख ६ हजार २० छ ।

    आरएनए एक्स्ट्र्याक्सन किट भने संघमा ९७ हजार दुई सय ७६ र प्रदेशहरूमा ६ हजार ६ सय १६ गरी एक लाख तीन हजार आठ सय ९२ मौज्दात छन् । यो शुक्रबारको तथ्यांक हो, शनिबारसम्म मौज्दात सामग्रीको परिमाण अझै घटेको छ ।मन्त्रालयले परीक्षणको दायरा बढाउने घोषणा गरेको १५ असारमा अहिलेसम्मकै धेरै सात हजार सात हजार सात सय ९१ नमुना परीक्षण गरिएका थिए । त्यसयता शनिबारसम्म क्रमशः चार हजार सात सय ११, चार हजार आठ सय ८६, चार हजार पाँच सय ३७, चार हजार चार सय ८३ र चार हजार ५० नमुना परीक्षण गरिएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार