मंगलबार, भाद्र २ गते २०८३
images

धमाधम आउँदै लघुवित्तको आइपीओ, पोहोरको भन्दा ३ गुणा बढी आउँदै,


  • 1.7K
    SHARES
  • श्रावण २८, २०७८ बिहीबार

    पछिल्लो एक वर्षदेखि जीवन बीमा र जलविद्युत कम्पनीको आइपीओले डोमिनेट गरेको प्राथमिक सेयर बजार सन् २०२१ मा भने लघुवित्त कम्पनीले डोमिनेट गर्ने भएका छन्।


    सन् २०१९ देखि २०२० सम्म अधिकांश नयाँ खुलेका जीवन र निर्जीवन बीमा कम्पनीहरुको आइपीओ आउँदा लघुवित्तको जम्मा ९ वटा मात्रै आइपीओ आएका थिए।

    तर सन् २०२१ मा भने पहिलो ८ महिनामै ४ कम्पनीको आइपीओ आइसकेको छ भने थप ४ कम्पनीको आइपीओ पाइपलाइनमा बसेको छ। 

    सन् २०२१ मा महिला लघुवित्त, जीवन विकास लघुवित्त, मनकामना स्मार्ट लघुवित्त र मानुषी लघुवित्तको आइपीओ बिक्रि भइसकेको छ। मानुषी लघुवित्त बाहेक अन्य सबै कम्पनी आइपीओ दोस्रो बजारमा कारोबारमा समेत आइसकेका छन्।

    त्यस्तै अहिले नेस्डो समृद्ध लघुवित्त, जल्पा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र उपकार लघुवित्तको गरी ४ लघुवित्त कम्पनीको करिब २५ लाख कित्ता आइपीओ पाइपलाइनमा रहेको छ।

     
    २०१९ मा आइपीओ जारी गरेका लघुवित्त कम्पनी
    स्वाभिमान लघुवित्त, जनसेवी लघुवित्त, इन्फिनिटी लघुवित्त, घोडीघोडा लघुवित्त, आधिखोला लघुवित्त र सबैको लघुवित्त

    २०२० मा आइपीओ जारी गरेका लघुवित्त कम्पनी
    एनआइसी एसिया लघुवित्त, साधना लघुवित्त र समाज लघुवित्त

    २०२१ मा आइपीओ आएका र पाइपलाइनमा रहेका लघुवित्त
    आइपीओ बिक्री भएका लघुवित्त- महिला लघुवित्त, जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्त 
    बिक्री खुला रहेको लघुवित्त- मानुषी लघुवित्त (३ लाख ९३ हजार ७५० कित्ता)
    पाइपलाइनमा रहेका लघुवित्त- नेस्डो समृद्ध लघुवित्त (८ लाख २८ हजार ७५० कित्ता), जल्पा सामुदायिक लघुवित्त (५ लाख २२ हजार कित्ता) , राष्ट्र उत्थान लघुवित्त (८ लाख ५० हजार कित्ता) र उपकार लघुवित्त (२ लाख ६६ हजार २५० कित्ता)

    IPO.webp

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार