मंगलबार, भाद्र २ गते २०८३
images

नेप्सेको सुधार टिकेन, ४४ दशमलव १८ अंकको गिरावट


  • 1.6K
    SHARES
  • भाद्र २२, २०७८ मंगलबार

    काठमाडौं, २२ भदौ

    साताको तेस्रो दिन म‌ंगलबार सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बजार ४४ दशमलव १८ अंकले घटेर बन्द भएको हो । 

    सोमबार बजार १६१.९४ अंकले उकालो लागेको थियो । नेप्सेकाअनुसार २२४ कम्पनीका १ करोड ५० लाख ८२ हजार कित्ता सेयर किनबेच हुँदा सात अर्ब ४९ करोड ५८ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

    आज दुई समूहको सूचकबाहेक बाँकी समूह ओरालो लागेको छ । सबैभन्दा धेरै होटल एण्ड टुरिजम समूहको सेयर मूल्य ओरालो लागेको छ । समूहको सेयर मूल्य आज २.९९ प्रतिशतले घटेको छ ।

    यस्तै, सबैभन्दा धेरै कमाउनेमा सानीमा लाइफ इन्स्योरेन्सका लगानीकर्ता रहेका छन् । कम्पनी १० प्रतिशतले फाइदामा गएको छ ।

    त्यस्तै, आज सबैभन्दा बढी घाटा व्यहोर्नेमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार