मंगलबार, भाद्र २ गते २०८३
images

४३-ग्रेण-को-गुणस्तर-प्राप्त-सगै-आइपिअाे-निष्कासन-को-तयारी-गर्दै--अर्घाखाँची-सिमेन्ट


  • 3.3K
    SHARES
  • भाद्र १९, २०७८ शनिबार

    काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडद्धारा उत्पादन भइरहेको अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेण गुणस्तर को इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणिकरण गरी कम्पनीलाई आज ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो । गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएचएस–५७२ को अवधारणासहित ग्रेडिङ प्रणालीलाई अघि सारेको हो ।

     

    उत्पादनको गुणस्तर सरकारद्धारा औपचारिक रुपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्री बितरणलाई सँधै प्राथमिकतामा राख्ने जनाएको छ ।

    “हाल सम्म ३३ ग्रेड सो सहरको मान्यता पाइरहेको हाम्रो उत्पादनलाई ४३ ग्रेडको प्रमाणी करणले आम उपभोक्तालाई अर्घाखाँचीका उत्पादनहरुको प्रयोग गर्न थप निश्चिन्त बनाउने छ,” कम्पनीका महाप्रबन्धक उद्धब कार्कीले बताए ।

    क्लिंकर, ओपिसी र पिपिसी सिमेन्टको उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट नेपालकै सबैभन्दा ठूलो र उत्कृष्ट कम्पनी मध्येको एक हो ।

    गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै यस कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासमा जाने तयारी सुरु गरिसकेको छ । 

     

    २०७५ सालदेखि  उत्पादन क्षमतालाई बढाएर प्रतिवर्ष १० लाख टन पुर्याएको कम्पनीले लगभग पूर्ण उत्पादन क्षमतामा सञ्चालनमा रही तिब्र प्रतिस्पर्धा र लकडाउनको बाबजुत पनि आर्थिक वर्ष २०७७–७८ मा १८ प्रतिशतले बिक्री बढाउन सफल भएको छ ।

     

    “सर्वसाधारणको लागि सेयर खुलाउने विषयमा तयारी अगाडी बढाइ रहेका छांै,”कम्पनीका प्रमुख वित्त अधिकृत राजु पौडेलले भने “अहिले ठ्याक्कै मिति तोक्न नसकेता पनि अर्को आर्थिक वर्षभित्र सर्वसाधारणलाई सेयर जारी गरिसक्ने हिसाबले काम अगाडी बढाइरहेका छांै ।”

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार