सोमबार, भाद्र १ गते २०८३
images

एमसीसीबारे धारणा बनाउन चार दलको बैठक जारी


  • 1.3K
    SHARES
  • भाद्र २४, २०७८ बिहीबार

    काठमाडौं, २४ भदौ

    अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)को विषयमा समान धारणा बनाउन सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ  । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीको बैठक बसिरहेको छ । 

    एमसीसी सदनबाट पारित गर्ने या नगर्ने विषयमा सत्तारुढ दलबीच फरक फरक विचार भएपछि समान धारणा बनाउन उनीहरुको बैठक बसेको हो । 

    चार दिने नेपाल भ्रमणका लागि एमसीसी उपाध्यक्ष फातिमा सुमारको प्रतिनिधिमण्डल काठमाडौं आएसँगै सत्तारुढ गठबन्धनसहित राजनीतिक दलहरू दबाबमा परेका छन् । 

    उपाध्यक्ष फातिमाले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेकी छन् । 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार