मंगलबार, भाद्र २ गते २०८३
images

सार्वजनिक संस्थानको पनि शेयर जारी हुने


  • 932
    SHARES
  • भाद्र २६, २०७८ शनिबार

    अब सार्वजनिक संस्थानको पनि साधारण शेयर जारी हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट प्रस्तुत गर्दै यस्तो जनाएको हुन्  पुँजी बजारमा वित्तीय सुशासन कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गरिनेछ। सरकारको मातहत रहेका सम्भाव्य सार्वजनिक संस्थानहरूलाई आवश्यकता अनुसार पूर्ण सरकारी स्वामित्वका कम्पनी मोडलमा रुपान्तरण गरी पुँजी बजारमा सूचिकृत गर्दै आत्मनिर्भर र लगानीको थप स्रोत जुटाउन सक्षम बनाउँदै लैजाने नीति लिइनेछ’, उनले भने ।

    त्यस्तै, अर्थमन्त्री शर्माले निरन्तर घाटामा गएका सार्वजनिक संस्थानहरूलाई संरचनागत र व्यवस्थापकीय सुधार गरी सञ्चालन गर्ने, खारेज गर्ने वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन गर्ने नीति लिइने जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार