नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सहभागि सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेट लिगको तेस्रो खेल आज खेल्दैछ । ढाकामा हुने खेलमा सन्दीपको टिम सिक्सर्सले ढाका डाइनामिकसंग प्रतिस्पर्धा गर्दैछ ।
खेल नेपाली समय अनुसार साँझ ६ बजे सुरु हुनेछ । ढाकाविरुद्ध मैदानमा उत्रदा टिम सिक्सर्स लगातार दोस्रो जितको खोजीमा हुनेछ । टिम सिक्सर्स २ अङ्क जोडेर पाँचौ स्थानमा छ । ढाका ६ अङ्क जोडेर शीर्ष स्थानमा छ ।