शनिबार, श्रावण ३० गते २०८३
images

डा केसीलाई काठमाडौँ ल्याइयो, आइसियूमा उपचार हुँदै

  • 5.7K
    SHARES
  • माघ ४, २०७५ शुक्रबार

    काठमाडौं । इलाममा ९ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था  जटिल बन्दै गएपछि उपचारका लागि बिहिबार राति काठमाडौं ल्याइएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई सेनाको नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।

    बिहिबार राति १० बजेर ३ मिनेटमा इलाम अस्पतालबाट उनलाई भद्रपुरसम्म एम्बुलेन्समा ल्याइएको थियो । इलाममा हेलिकोप्टर ल्याण्ड गर्न असम्भव भएपछि भद्रपुरबाट उनलाई काठमाडौँ ल्याइएको उनका सहयोगीले बताएका छन् ।

    उनको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आईसियुमा उपचार भइरहेको छ ।  उनको अबस्था चिन्ताजनक नै रहेको उनी निकट स्रोतले जनाएको छ ।

    उनका सहयोगी प्रितम सुवेदीका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा इलाम  गएको सरकारी चिकित्सक टोलीको आग्रहमा उनी काठमाडौं आउन राजी भएका थिए ।

    उनको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार