शनिबार, श्रावण ३० गते २०८३
images

सरकारले उपनिर्वाचन गराउने निर्वाचन ऐन संशोधनको प्रस्ताव ल्यायो

  • 8.6K
    SHARES
  • पौष ३०, २०७५ सोमबार

    काठमाडौं । सरकारले रिक्त वडाध्यक्ष पदको उपनिर्वाचन गराउने कानुनी व्यवस्थाका लागि स्थानीय तह निर्वाचन ऐन संशोधनको प्रस्ताव ल्याएको छ । आयोगले ऐन संशोधन गर्न सरकारसमक्ष प्रस्ताव गरेको थियो ।

    निर्वाचन कानुनमा जिल्ला समन्वय समितिका पदाधिकारी, वडाध्यक्ष तथा वडा सदस्यको उपनिर्वाचनको व्यवस्था नरहेकाले समस्या भएको आयोगले जनाएको छ । स्थानीय तह निर्वाचन ऐनमा गर्न लागिएको संशोधनले वडाध्यक्षको रिक्त पद पूर्ति गर्न बाटो खुल्ने आयोगका प्रवक्ता शंकरप्रशाद खरेलले जानकारी दिए ।

    निर्वाचन आयोगले ३६ वटा वडाध्यक्ष पद रिक्त रहेको जनाएको छ । आयोगका अनुसार देशभर चारसय १५वडा सदस्य, दुईसय ११ महिला सदस्य र दुईसय ३८ दलित महिला सदस्य पद रिक्त रहेका छन् । त्यस्तै स्थानीय तहमा १ पद उपमहानगर प्रमूखकोर एक पद गाउँपालिका अध्यक्षकोपद रिक्त रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार