शनिबार, श्रावण ३० गते २०८३
images

कर्मचारी बिदाई गर्दै भट्टराईले भने - दाताले सहयोग रोक्दैमा अभियान रोकिदैन

  • 9.3K
    SHARES
  • पौष १७, २०७५ मंगलबार

    नेपालमा रहेको चरम गरीबीलाई कम गर्न  सरकारले प्रारम्भिकरूपमा सन् २००३ मा अध्यादेशमार्फत स्थापना गरिएको गरीबी निवारण कोष सन् २००६ देखि ऐनअनुसार सञ्चालित रहेको छ । गरीबी निवारण कोष अलग्गै कानूनद्धारा सञ्चालित एक स्वशासित, स्वतन्त्र तथा व्यावसायिक संस्था हो । यो सस्थाले आफ्नो १५ बर्ष बिताएको छ  । गरीबी निवारण कोषले नेपाल सरकारको दीर्घकालीन लक्ष्यअनुसार २० वर्षमा गरीबीलाई १० प्रतिशतभन्दा तल झार्नको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा राखिएका लक्ष्यहरू पूरा गर्न योगदान गरिरहेको छ । हालै १५ जिल्ला थप गरिएपछि गरीबी निवारण कोषको  कुल कार्यक्रम जिल्लाहरूको संख्या ५५ पुगेको छ । बाँकी २२ जिल्लाहरूलाई विभिन्न नमूना तथा नियमित कार्यक्रमहरूको अवधारणाका माध्यमबाट  समेट्ने लक्ष्य राखेको कोषले सामुहित ५३ कर्मचारीलाइ बिदा गरेको छ । 

     

    गरीब तथा पिछडिएका समूहहरूलाई विकास प्रयासहरूमा मूल वाहकको रूपमा संलग्न गराई बहिष्करणमा परेका समुदायहरूलाई विकासको मुलप्रवाहमा ल्याउन एक विशेष तथा लक्षित कार्यक्रमको रूपमा गरीबी निवारण कोषको स्थापना गरिएको थियो  । यस  कोषलाई विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाको सहयोगमार्फत नेपाल सरकारले रकम उपलब्ध गराउँदै आएको थियो  । तर अहिले  विश्व बैंकले आफ्नो सहयोग बन्द गरेको छ । गरीबी निवारण कोषले परम्परागत रूपमा लिङ्ग, जात, जातीयता तथा भौगोलिक अवस्थाका कारणले बहिष्करणमा परेका समुहहरूप्रति विशेष ध्यान दिंदै ग्रामीण गरीबहरूको बसोबासको अवस्था तथा जीवनचर्यामा सुधार तथा सशक्तीकरण गर्ने प्रयास गर्दछ । 


    विगत १५ वर्षदेखि नेपालको गरिबी निवारणका क्षेत्रमा काम गरिरहेको गरिबी निवारण कोषलाई विश्व बैंकले दिदै आएको अनुदान कटौती गरेपछी  कोषले  ५३ जना कार्यरत र केहि पहिले छाडेका १७  जना कर्मचारीसहित ७० जनाले  अवकाश पाएका छन् । उनीहरुलाई नियमानुसार एक महिना अगाडी नै करार अन्त्यको जानकारी गराइ सकिएको थियो । कोषको लक्ष्य  गरिब, दलित, जनजाती, महिला र सामाजिक बहिष्करणमा परेका नागरिकलाई आयआर्जनसंग जोड्दै गरिबी कम गर्ने रहेकोमा हालसम्म कोषले  ५५ जिल्लाका ५५४ स्थानीय तहसम्म पुगेको छ भने कोषले  ३३ हजार सामुदायिक संस्था मार्फत करिब         ५०  लाख मानिस प्रत्यक्ष अप्रत्यक्ष रुपमा कोषसंग आवद्ध रहेको बताएको  छ । कोषबाट करीव १३ अर्ब रुपैयाँ गाउँमा पुगेको बताएको छ  । ३३  हजार संस्थामा करीव ६ अर्ब रुपैयाँ जनताको बचत रहेको पनि बताएको छ ।

     

    बिश्व बैंकसंग भएको सम्झौताको अवधी सकिएपछि कोषले कर्मचारीलाई तलबको  बैकल्पिक व्यवस्था नभएको भन्दै विदाई गरेको हो । काठमाडौँमा  कार्यक्रम आयोजना गरी कोषलाई दिएको योगदानको कदरस्वरुप कदरपत्र र मायाको चिनो प्रदान गरेर उनिहरुलाई विदा गरिएको थियो  । विदाई कार्यक्रममा कोषका उपाध्यक्ष निर्मल कुमार भट्टराईले दाताले सहयोग रोक्दैमा अभियान नरोकिने बताएका छन् । उनले भने,- ‘यो राज्यको पनि बाध्यता हो । विगतमा हामिले राज्यका लागि धेरै महत्वपुर्ण योगदान दिएका छौँ । त्यसैले यसमा कोही पनि दुखी नबनौँ । फेरी अर्को नयाँ सम्भावनाको ढोका खुल्नेछ ।’ 

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार