काठमाडौ , बिश्वमा तहल्का फैलाईरहेको कोरोना भाईरसको नयाँ स्वरुप ओमिक्रोन भाईरस नेपालमा पनि देखिएको छ। स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन मार्फत यो जानकारी दिएको हो। मन्त्रालयका अनुसार एक ६६ बर्षका बिदेशी नागरिक र अर्का ७१ बर्षका नेपालीलाई यो भाईरस पुष्टि भएको हो। उनिहरुको स्वास्थ्यस्थिति भने सामान्य रहेको मन्त्रालयले जनाएको छ।