शनिबार, श्रावण ३० गते २०८३
images

रुसले भन्यो युक्रेन मामिलामा हस्तक्षेप भए आणविक हतियार प्रयोग हुन्छ:


  • 2.7K
    SHARES
  • फाल्गुण १४, २०७८ शनिबार

       यदी कुनै पनि देशले युक्रेनलाई समर्थन गरेमा रुसले आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ ।  युक्रेन मामिलामा आफ्नो बाटोमा कसैले अवरोध खडा गरेमा उसको विकल्पको रूपमा आणविक हतियार प्रयोग गर्नबाट पछि हट्न नसक्ने चेतावनी रुसले दिएको हो । रुसले दिएको चेतावनीमा कसैको नाम नलिएता पनि लक्षित भने अमेरिका तर्फ संकेत गरेको देखिन्छ । यसैबीच राजधानी किभमा भिषण लडाई जारी छ । गए राति किभका धेरै ठाउँमा बम विष्फोट भएका छन् भने त्याहाको जनजीवन निकै नै कष्टकर बनेको छ । रुसको बमबारीबाट त्यहाँका धेरै घरहरु ध्वस्त भएका छन् भने रुसी सेनाले युक्रेनको उत्तरपूर्वी सुमी र कोनोटोप सहरहरू चारै तर्फबाट घेरीसकेको छ । kyev.jpg

    रुसको भीषण हमलापछि युक्रेनका राष्ट्रपतिले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरेका थिए, तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट  उनले कुनै प्रतिक्रिया पाएनन् ।  त्यसपछी रुसले विज्ञप्ति जारी गर्दै युक्रेनका राष्ट्रपतिले फोन गरेको र वार्ताका लागि अनुरोध गरेको जनाएको छ । वार्ताका लागि आफू पनि तयार रहेको विज्ञप्तिमा उल्लेख छ तर रुसले वार्ता आफ्नै शर्तमा मात्र हुने स्पष्ट पारेको छ । रुस यो वार्ता बेलारुसको मिन्स्क सहरमा गर्न चाहन्छ भने युक्रेन पोल्याण्डको भर्साइलमा गर्न चाहन्छ ।

    ukrin russ.jpg

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार