शनिबार, श्रावण ३० गते २०८३
images

पुटिनलाई युद्ध रोक्न आह्वान


  • 3.1K
    SHARES
  • फाल्गुण २०, २०७८ शुक्रबार

      रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जर्मन चान्सलर ‌ओलाफ सोल्जले फोनमा एक घण्टा लामो कुराकानी गरेका छन । कुराकानी गर्दै चान्सरले युद्ध रोक्न आग्रह गरेका हुन।

      जर्मन सरकारका प्रवक्ताका अनुसार चान्सलर सोल्जले युक्रेनमा भइरहेको रुसी आक्रमण तत्काल बन्द गर्न पनि आह्वान गरेका थिए । साथै चाल्सरले पुटिनलाई लडाइँ चर्किएका ठाउँमा आवश्यक मानवीय सहयोगका निम्ति पहुँच स्थापित गर्न आग्रह गरेको बताइएको छ।
      एक घण्टा लामो कुराकानीमा दुवै नेताले थप कुराकानी गर्न सहमति जनाएको प्रवक्ताले बताएको बि बि सि नेपाली न्युजले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार