माघ ४, बुधवार - संयुक्त राष्ट्रसंघका लागि रुसी स्थायी प्रतिनिधि भासिली नेबेन्जियाले हालै युक्रेनको नेप्रोपेत्रोभ्स्कमा खसेको रुसी क्षेप्यास्त्रलाई युक्रेनी हवाई प्रतिरक्षा बलले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै आवासीय क्षेत्रमा खसालेको बताएका छन् । जसबाट ४४ जनाको मृत्यु भएको छ । 
उनले मंगलबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा पश्चिमी मुलुकका प्रतिनिधिले युक्रेनी अधिकारीहरूले उपलब्ध गराएको ती घटनाहरूको वास्तविक पृष्ठभूमि बारे उल्लेख गर्न नसकिने बताए ।
उनले भने 'युक्रेनी हवाई प्रतिरक्षा बलले ऊर्जा पूर्वाधारलाई निशाना बनाउने रुसी क्षेप्यास्त्र खसालेको छ । एयर डिफेन्स लञ्चर अन्तर्राष्ट्रिय मानवीय कानूनको मापदण्डको विपरीत आवासीय क्वार्टरमा राखिएको थियो त्यस कारण मिसाइल आवासीय भवनमा खस्यो । "यदि युक्रेनी अधिकारीहरूले अन्तर्राष्ट्रिय मानवीय कानून मा ध्यान दिएको भए, यो त्रासदी कहिल्यै हुने थिएन तास न्युजले जनाएको छ ।