रुसले युक्रेनमा आक्रमण गरेको आज आठौँ दिन हो । आज बिहीवार मुख्य सहरहरूमा व्यापक बमबारीहरु भइरहेका छन्। ब्ल्याक सीको बन्दरगाह सहर खेअरसान आज रुसले कब्जामा लिएको जनाएको छ । यो रुसको कब्जामा गएको पहिलो मुख्य सहर भएको छ। अर्को बन्दरगाह सहर मारिउपोलमा पनि रुसले भीषण आक्रमण र घेराबन्दीले गर्नाले गम्भिर मानवीय सङ्कट उब्जिएको त्यहाका मेयरले बताएका छन्। युक्रेनको राजधानी किएभ नजिक रुसी बख्तरबन्द गाडीहरूको लस्कर यथावत छ। राजधानीमा ठुलठुला विस्फोटनहरु भई नै रहेका छन् । युक्रेन र रुसबीच दोस्रो चरणको शान्तिवार्ता आज हुँदैछ।