खार्किभ नजिकैको मेरेफामा रहेको एउटा विद्यालयमा रुसी बम विष्फोट हुँदा २१ जनाको मृत्यु भएको थियो । युक्रेनको स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमणमा २५ जना घाइते भएका छन् जसमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । तर, हताहतको पुष्टि भने भइसकेको छैन ।
मेरेफाका मेयर भेनियामिन सितोभले भनिन मेरेफाको एउटा सामुदायिक केन्द्र र विद्यालयमा रुसले बम विष्फोट गरायो। यस आक्रमणमा भवनहरू ध्वस्त भएका थिए। आक्रमण बिहीबार बिहान भएको थियो । रुसले यस क्षेत्रमा आफ्नो कब्जा जमाउन बमबारीलाई तीव्र बनाएको छ। युक्रेनको आपतकालीन सेवाले कीभको उत्तरपूर्वमा रहेको चेर्निहाइभ सहरमा गोली चलाउँदा एक महिला, उनका श्रीमान् र तीन बालबालिकाको मृत्यु भएको पनि जनाएको छ ।

कीभको एक आवासीय भवनमा रुसी रकेट आक्रमण हुँदा युक्रेनी अभिनेत्री ओक्साना श्वेट्सको मृत्यु भएको हो। ओक्सानाको मृत्युको पुष्टि गर्दै, उनको योङ ग्रुप थिएटरले विज्ञप्तिमा "युक्रेनकी एक योग्य कलाकार ओक्साना श्वेट्सको कीभको आवासीय परिसरमा रकेट आक्रमणको क्रममा मृत्यु भएको ।" जनाएको हो। युक्रेनको सर्वोच्च कलात्मक सम्मानहरू मध्ये एकबाट उनलाई सम्मानित गरिएको थियो, ।