बुधबार, भाद्र ३ गते २०८३
images

क्रिकेटर संदिप लामेछानेको निलम्बन फुकुवा: नेपाल क्रिकेट संघ (क्यान)


  • 1.6K
    SHARES
  • माघ १८, २०७९ बुधबार

    माघ १८, पोखरा - नेपाल क्रिकेट संघ (क्यान)को हिजो राती अबेर सम्म पोखरामा बसेको कार्यसमितिको बैठकले बलत्कार आरोप झेलिरहेका क्रिकेटर संन्दिप लामिछाने माथि लागेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । यो फुकुवासगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेल्न बाटो खुलेको छ ।  

    क्रिकेटर संन्दिप लामिछाने क्यारेबियन लिग खेल्ने सिलसिलामा बिदेशमा रहेकै बखत गत भदौ २१ गते नाम नखुलाइएकी एक बालिकाले गौशाला प्रहरीमा बलात्कारको जाहेरी दिएकी थिइन् । लामिछाने विरुद्ध नेपाल प्रहरीको आग्रह अनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस समेत जारी गरेको थियो भने काठमाण्डौ जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी पश्चात भदौ २३ मा क्यानले उनलाई निलम्बन गरेको थियो ।

    लामिछानेले असोज २० स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका थिए सोही आधारमा कतार एयरवेजको विमानबाट  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई पक्राउ गरिएको थियो ।  पौष २८ गते लामिछानेलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए सँगै क्यान ले उन्लाई निलम्बन फुकुवा गर्ने बताउदै आएको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार