नेपाल क्रीकेट संघ (क्यान)को २०७९ माघ १७ गते पोखरामा संघको अध्यक्ष चतुर बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले आज आफ्नो निर्णय प्रेस बिज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।
नेपाली यु -१९ मा कप्तानमा गुल्सन कुमार झालाइ मनोनयन गरेको छ भने संघको बार्षिक साधारण सभा फाल्गुन १४ र १५ मा कर्णाली प्रदेशको सुर्खेत मा गर्ने जनाएको छ ।
नेपाली क्रीकेट टिमको क श्रेणिमा रोहित पौडेल, सोमपाल कामी, करण केसि, दिपेन्द्र सिंह ऐरी र आशिफ शेख परेका छन भने ज्ञानेन्द्र मल्ल ख श्रेणिमा परेका छन । बलात्कारको आरोपमा निलम्बित संदिप लामिछानेको निलम्बन फुकुवा भएता पनि टिममा भने अटाएनन भने देव खनाल लगायत ९ जना ग श्रेणिमा परेका छन ।
महिला खेलाडी तर्फ क श्रेणिमा रुबिना क्षेत्री, सीता राना मगर र इन्दु बर्मा परेकी छिन । त्यस्तै ख श्रेणिमा काजोल श्रेष्ठ, कबिता कुवर र अस्मिना कर्माचार्य र ग श्रेणिमा कबिता जोशी लगायत ६ जना परेका छन ।
टि २० लिगको विषयलाई लिएर संघमा रहेका १५ जना सदस्य मध्ये ५ जना सदस्यहरुले अध्यक्षको राजिनामा माग गर्दै बैठक बहिस्कार गरेका थिए । 
