फाल्गुन १९, काठमाण्डौं - आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३ विकेटले हराउदै जित निकालेको छ । आज भएको खेलमा नेपालले पीएनजी लाई हराएको हो ।
दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीको १८० रनको लक्ष्यलाई पछ्याउदै नेपालले ४८ ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनाइ जित निकालेको हो ।
नेपालका लागि संदिप लामिछानेले आजसम्मकै उत्कृष्ट ब्याटिङ गर्दै ५० बलमा ३ चौकासहित ३५ रन बनाए । आसिफ शेखले नट आउटमा १३० बलमा २ चौका र १ छक्का प्रहार गर्दै ८६ रन जोडे।
टस जितेर पहिले ब्याटिङ गरको पीएनजीले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १७९ रन बनाएको थियो । पीएनजीका लागि असाड भालले तीन विकेट साथै सेमो कामेअ र सेसे बाउले दुई–दुई विकेट लिए ।
नेपालको यो जितसँगै लिग–२ मा ३१ खेलबाट ३० अंक जोडेर तालिकाको छैटौं स्थानमा रहेको छ भने पीएनजी ३१ खेलमा ७ अंक जोडेर तालिकाको सातौं स्थानमा छ ।